नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रियामा जाने र सरकारविरुद्ध सडक आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापनाका लागि एमाले अदालत जाने बताएका छन् ।
‘प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै हामी न्यायका लागि अदालत जान्छौं,’ उपमहासचिव ज्ञवालीले भने ।
उनका अनुसार एमालेले आगामी कात्तिक २९ देखि ३१ गतेसम्म केन्द्रीय कमिटी बैठक सम्पन्न गरेलगत्तै सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।
ज्ञवालीले आन्दोलनको स्वरूप (मोडालिटी) तय गर्ने प्रक्रिया जारी रहेको बताए ।