देशका तीन प्रदेशका केही उच्च भू–भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतः सफा रहनेछ ।
यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।