विद्यार्थी उपस्थिति न्यून, रजिस्टरमा संख्या बढाएर देखाउने प्रवृत्तिका कारण खाजा वितरणमा अनियमितता (भिडियाे सहित)
रेजिस्टरमा ७० विद्यार्थीको नाम रहे पनि दैनिक रूपमा करिब ३० जना मात्र विद्यालय आउने गर्छन् । उपस्थितिको यथार्थ तथ्य नदेखाइ दर्ता संख्या बढाएर प्रस्तुत गर्ने प्रवृत्तिका कारण खाजा वितरणमा पनि अनियमितता हुने गरेको छ । विद्यालयको शैक्षिक स्तर अत्यन्त कमजोर हुनुका साथै कक्षामा शिक्षकको नियमितता, पठन–पाठनको गुणस्तर र शैक्षिक अनुगमन पनि न्यून देखिन्छ । स्थानीय अभिभावकका अनुसार विद्यालयमा अनुशासन, व्यवस्थापन र शैक्षिक सुधारका कुनै प्रभावकारी पहल नभएकाले विद्यार्थी संख्या झनै घट्दो छ ।