वीरगञ्ज महानगरपालिका वडा नं. २५ अन्तर्गत बहुवरी ड्राइपोर्ट चोकबाट एक मानसिक रूपमा कमजोर अवस्थाका पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार दिउँसो उद्धार गरेको छ ।
अन्दाजी ३५ वर्ष उमेरका उक्त व्यक्तिले आफ्नो नाम–थर स्पष्ट रूपमा बताउन नसक्ने अवस्था रहेको आश्रमले जनाएको छ । उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव तथा प्रहरी चौकी श्रीसियाका प्रहरीको लगायतकाे सहयाेगमा उद्दार गरिएकाे हाे ।
उद्धारपछि आश्रममा लगेर उनको नुहाइ धुहाइ तथा आवश्यक सरसफाइ गरिनुका साथै स्वास्थ्य परीक्षण गरिएको आश्रमले जनाएको छ । हाल उनकाे डा. भरत गोईको निगरानीमा औषधि उपचार भइरहेकाे मानवसेवा आश्रमले जनाएकाे छ ।
मानव सेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा भेटिने अशक्त, बेवारिसे तथा मानसिक असन्तुलन भएका व्यक्तिहरूलाई उद्धार, संरक्षण र उपचार सेवा प्रदान गर्दै आएको छ ।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार