शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
त्यसैगरी शुक्रबार एक तोला चाँदी ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सोही परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।