भिजिट भिसा प्रकरणमा जोडिएका जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।
भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक सहित गृह मन्त्रालयका अधिकारीहरुलाई अनुसन्धानमै राखेर अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान जारी रहेको अभियोगपत्रमा उल्लेख गरेको थियो । आइतबार गृह मन्त्रालयले उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो । तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । भिजिट भिसा प्रकरणमा तिवारीलाई अख्तियारले २ पटकसम्म बयान लिएको थियो ।
अख्तियारले अनुसन्धानमै रहेको बताएपनि मुद्दा दायर नगरेपछि सोहि साँझ तिवारीले सामाजिक सञ्जालमा नाच्दै गरेको भिडियो पोस्ट गरेका थिए ।