आइतबार विहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादव अस्पतालको पाँचौं तल्लाबाट खसेर टाउकोमा गम्भीर चोट लागेका थिए ।
उनी तत्कालै आकस्मिक कक्षमा उपचार गराइरहेका बेला मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनका बुबा शम्भु प्रसाद यादवका अनुसार, अमित मानसिक रोगका बिरामी थिए र औषधि सेवन गर्दै आएका थिए । घटना हुँदा उनका बुबा सँगै रहेका थिए र केही दिनदेखि उनले इन्टर्नको काम गर्दा अत्यन्त चिन्तित रहेको बताएका छन् ।
मोरङ प्रहरीले घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिँदै शवलाई विराटनगरस्थित कोशी अस्पतालमा मोस्टमार्टमका लागि पठाइएको छ ।