सप्तरी | सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् ।
नगरपालिकाको वडा नम्बर–१ स्थित कोशी ब्यारेज क्षेत्रमा आफ्नै भान्साघरको चुलोमा आगो ताप्ने क्रममा २२ वर्षीया कविता राम घाइते भएकी हुन् । चुलोमा आगो ताप्ने क्रममा उनले लगाएको साडीमा अचानक आगो सल्किँदा कम्मरभन्दा मुनिको करिब २० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घाइते कविता रामको भारदह अस्पताल, सप्तरीमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ ।