सप्तरी | विवाहको प्रलोभन देखाएर नाबालिकासँग बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक १७ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
शनिबार भएको घटनापछि पीडित किशोरीले घरमा जानकारी गराएपछि उनका अभिभावकले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका थिए । घटनापछि प्रहरीले नाबालक आरोपीलाई हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
सोमबार सप्तरी जिल्ला अदालतले आरोपीविरुद्ध सात दिनको म्याद थप गर्दै आवश्यक अनुसन्धानको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुरी पुरीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा गराइएको छ। प्रहरीले घटनाको थप विवरण पत्ता लगाउन अनुसन्धान जारी राखेको छ ।