नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ ।त्यस्तै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ भने काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रति किलोलिटर ४२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा एल.पी. ग्याँसको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै एल.पी. ग्याँसको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।