सप्तरी । नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) का पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार बन्नु भएको छ ।
जिल्लाको राजविराज घर भई विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहनुभएका कर्णलाई पार्टीले राष्ट्रिय सभाको उम्मेदवार चयन गरेको हो ।
पार्टीले उहाँलाई मधेश प्रदेशबाट अल्पसङ्ख्यक कोटामा उम्मेदवार बनाएको बताइएको छ ।