नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य लगातार वृद्धि हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला २ लाख ८२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो रेकर्ड भन्दा प्रतितोला चार हजार रूपैयाँले महँगो हो ।
आइतबार सुनको मूल्य २ लाख ७७ हजार ८ सय रूपैयाँमा रहेको थियो भने गत बुधबार पनि उच्च मूल्यमा २ लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ६ सय २५ रूपैयाँमा कारोबार भएकोमा सोमबार ५ हजार ८ सय १० रूपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।