नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
सुन र चाँदी दुवैको मूल्य बढेसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबार महँगिएको छ ।