सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा अदालतले सासू र नन्दलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
पुस ६ गते कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ (बम्जन) लाई पेट्रोल छर्की हत्या गरिएको थियो । घटनामा संलग्नता आरोपमा पक्राउ परेका ५९ वर्षीया सासु मायाँरानी बम्जन र ३५ वर्षीया नन्द मिना बम्जनलाई आइतबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
मृतकका माइतीपक्षले ६५ वर्षीय ससुरा दुर्गामान बम्जनसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार सासु, नन्द र ससुरा मर्नुबारे माइतीपक्षले जाहेरी दिएका थिए ।
एसपी सुवेदीका अनुसार, “आगजनी गर्दा दुर्गामान पनि घाइते भएका छन्। उनले आगो निभाउन जाँदा चोट लागेको हो ।”
मृतक मिना बम्जनकी श्रीमान हाल कोरियामा रहेका छन् ।