निर्वाचन आयोगका विषयमा भ्रम फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई कास्की जिल्लाको पोखराबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन आयोगसम्बन्धी विषयमा सामाजिक सञ्जालमार्फत गलत सूचना तथा भ्रम फैलाएको भन्दै आयोगले कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा प्रहरीले प्रसाईंको खोजी थालेको थियो ।
साइबर ब्यूरोको सक्रियतामा पोखराबाट पक्राउ परेका प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।