सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन् । आज अपराह्न ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्ने उनको सचिवालयले जनाएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी गरेपछि मन्त्री खरेलले राजीनामा दिन लागेका हुन् ।
राजीनामापछि उनी औपचारिक रूपमा चुनावी मैदानमा उत्रने छन् । रास्वपाले ललितपुर–२ मा बलियो उम्मेदवारका रूपमा खरेललाई अघि सारेको स्रोतले जनाएको छ ।