पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा – ५ क्षेत्रका उम्मेदवार बालेन्द्र शाह (बालेन) फसेको आरोप लगाएका छन् ।
ओलीले कान्तिपुरसँगको कुराकानीमा भने, "उल्किने बानी रहेछ, रविको चलाखीले यहाँ लगेर फसाइदिए।" उनले बालेनको कुनै ठोस योगदान नभएको समेत दावी गरे । ओलीले भने, "उहाँले यो काम गर्नुभयो, यो इतिहास, यो योगदान, यो बलिदान भन्ने छ ? यस देशमा लोकतन्त्र ल्याउन यति गर्नुभयो, विकास ल्याउन यति गर्नुभयो भन्ने केही छ ? छ भने मैले त थाहा पाएको छैन । बरु, सुकुम्बासीका बस्तीमा डोजर चलाउनु भएको होला । खोला किनारतिर मान्छे बस्नै दिनु भएन होला ।"
ओलीले बालेनको उम्मेदवारीले निर्वाचनमा कुनै प्रभाव नपर्ने समेत बताए । उनले झापामा आफूले सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारे । ओलीले भने, "मैले अस्ति पनि भनेँ, यहाँ डेरा खोज्दिनुपर्छ भने सहयोग गर्छु । मेरो ठाउँमा आएपछि मसँग भेटेर ‘म चुनावमा आएँ, कहाँ बसौं ? कस्तो गर्दा राम्रो हुन्छ ?’ भन्थे भने म खोज्दिन्थेँ नि ।"
ओलीसँगको विस्तृत अन्तर्वार्तामा उनले चुनावी तालमेलको सम्भावनाबारे समेत चर्चा गरेका छन् ।