जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल १ करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ गरिसकेको जनाएको छ ।
केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ । कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने लक्ष्य रहेको केन्द्रले जानकारी दिएको छ ।
त्यसैगरी, हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार २२६ बाकस प्याकिङ गरिएको केन्द्रले जनाएको छ ।
यसैबीच, केन्द्रले १ लाख ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकेको पनि जनाएको छ ।