नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापालाई आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरिएको छ ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले बैठकमा प्रस्ताव पेश गर्दै भने, “केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति श्री गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने प्रस्ताव पारित गरिदिन अनुरोध गर्दछु ।”
उपसभापति शर्माले थपे, “यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ ढंगले प्रष्ट छौं ।”
बैठकमा अन्य सदस्यहरूले पनि प्रस्तावको पक्षमा समर्थन जनाएका छन् । यस कदमले पार्टीभित्र एकता र आगामी निर्वाचनतर्फको रणनीतिको स्पष्टता देखाएको बताइन्छ ।