बाराको परवानीपुर गाउँपालिका–३ बजार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले करिब २ ग्राम २ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–३ बसमारी बस्ने २७ वर्षीय म्याक ढुङ्गाना र २६ वर्षीय सुदन रिमाल रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।