शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • राप्तीको बगरमा तरबुजा खेती
राप्तीको बगरमा तरबुजा खेती
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ १०, २०८१
राप्ती बगरमा फलेका तरबुजा
A1 Beakery Add A1 Beakery Add

धान फल्ने खेत बगर बने पनि तरबुजा खेती मार्फतै देउखुरीका किसान घरखर्च चलाउँदै सन्तानको शिक्षादीक्षा समेत धान्दै आएका छन् ।

दाङको लमही नगरपालिका-४, सेम्रहवाकी पवित्रा चौधरीको धान खेत राप्ती नदीले कटान गरिदियो। राप्ती पुल नजिकै पश्चिमपट्टिको बचेको तीन कट्ठा खेत पनि बगर बन्यो। तर गत बिहीबार यही बगरमा फलाएको एक क्विन्टल तरबुजा बेचेर पवित्राले १२ हजार रुपैयाँ कमाइन्।

अहिले सिजन नै भएकाले पवित्रा दिनहुँ तरबुजा बिक्री गर्छिन्। बगरमै खेती गरेर वर्षभरिमा करीब तीन लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन् । बर्खाभरि डुबान भई धान रोप्न नपाए पनि हिउँदमा तरकारी र तरबुजा लगाएर पवित्रा भर्पाइ गर्छिन्। यस पटक बेचेको तरबुजा पनि उनले गत मंसीरमा रोपेकी थिइन् ।

“यो हाम्रो दर्तावाला जग्गा हो, राप्तीले कटान गरेपछि धान खानेखेत बगरमा परिणत भयो,” उनी भन्छिन्, “बर्खामा धान खेती गर्न नमिले पनि हिउँदमा तरबुजा र तरकारी खेती गर्छौं, अहिलेसम्म राम्रै आम्दानी भइरहेको छ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

शुरू शुरूमा उनले तरकारी मात्रै लगाउँदै आएकी थिइन्। तर आम्दानी राम्रो हुने थाहा पाएपछि ६/७ वर्षदेखि उनी तरबुजा खेतीमा लागेकी हुन् । पवित्राका अनुसार एक कट्ठा खेतमा आठदेखि १२ क्विन्टलसम्म तरबुजा फल्छ। एउटै तरबुजा आठ किलोसम्मको हुन्छ। उनी भन्छिन्, “तर यस वर्ष पानी नपरेकाले गत वर्षभन्दा कम फलेको छ। अहिले एक कट्ठामा करीब सातदेखि आठ क्विन्टलसम्म फल्छ कि भन्ने अपेक्षा गरेका छौं।”

तरबुजाकै आम्दानीबाट पवित्राले घरखर्च चलाउँदै आएकी छिन्। आफ्नो र भाइबहिनीको पढाइ खर्च यसैबाट जुटिरहेको छ। “६ जनाको परिवार छ,” पवित्रा भन्छिन्, “गर्न सकेमा बगरमा पनि सुन फलाउन सकिन्छ भन्ने महसूस भएको छ।” यस पटक भाडामै लिएर भए पनि १० कट्ठा जति जग्गामा तरबुजा लगाउने उनको योजना छ। धेरै जग्गाजमीन हुनेका लागि तरबुजा खेती फाप्ने उनी बताउँछिन्। सेम्रहवाकै रामकुमारी चौधरीको खेत पनि राप्तीले बगर बनाएको थियो। तर अहिले बगरलाई रामकुमारीले तरबुजा फल्ने बारी बनाएकी छिन्। उनी थोक विक्रेता हुन्।

रामकुमारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष उनले धेरै तरबुजा बेचेकी छन्। “हामीले अहिलेसम्म होलसेलमा प्रतिक्विन्टल तीन हजारदेखि चार हजारसम्मको बेचेका छौं,” रामकुमारी भन्छिन्, “पहिला पहिला प्रतिक्विन्टल चार हजारको दरले बेच्यौं, अहिले तीन हजारमा बेचिरहेका छौं। अब फेरि बढ्छ होला।”

कुनै समय जमीनदारको घरमा कमैया बसेका भोदु चौधरी पनि अहिले तरबुजा बेचेर मनग्य आम्दानी गरिरहेका छन्। “आधा जुनी कमैया बसें, कमैयाबाट मुक्त भए पनि घरको खेतबारीमा सीमित थिएँ,” ६० वर्षीय भोदु भन्छन्, “विगत ६/७ वर्षयता तरबुजा खेती गर्दै आएको छु।” 

भोदु आठ कट्ठा जमीनमा तरबुजा फलाइरहेका छन्। तरबुजाकै कारण आफूलाई घरखर्च चलाउन पनि सहज भइरहेको उनी बताउँछन्। तरबुजाकै आम्दानीले उनले सन्तानको पढाइ खर्च पनि धान्दै आएका छन् ।

भोदु थोक तथा खुद्रा मूल्यमा तरबुजा बेच्छन्। “होलसेलमा ३० देखि ४० प्रतिकेजी बेच्छौं,” उनी भन्छन्, “खुद्रामा प्रतिकेजी ५० को दरले बेच्छौं ।” पवित्रा, रामकुमारी र भोदु उदाहरण मात्रै हुन्, देउखुरी उपत्यकाका अधिकांश किसान यसरी बगरमा तरबुजा फलाएर मनग्य आम्दानी लिइरहेका छन् । “राप्तीको बगरैबगर हेर्नुभयो भने सयौं किसान तरबुजा खेती गरेका छन्,” भोदु भन्छन्, “थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यहाँका किसान यो खेतीमा आकर्षित छन्। राप्तीको वरिपरि अहिले हराभरा छ।”

तर महीनौं मेहनत गरेर फलाएको तरबुजा चोरी हुने गरेको छ। यसले किसानलाई भने आर्थिक रूपमा निकै घाटा पुर्‍याइरहेको छ। “रातभरि जाग्राम बस्न सकिन्न,” भोदु भन्छन्, “स्थानीय तह र प्रशासनलाई जानकारी दिएका छौं, अब चोरी हुँदैन कि!”
 


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:०८
#किसान #तरबुजा खेती
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो शुक्रबार, असोज ९, २०८३
भारतले खानेतेलको भन्सार शुल्क घटायो, नेपाली उद्योगमा दबाब बढ्ने
भारतले खानेतेलको भन्सार शुल्क घटायो, नेपाली उद्योगमा दबाब बढ्ने बिहीबार, असोज ८, २०८३
नयाँ डिजाइनको १ हजारको नोट बजारमा
नयाँ डिजाइनको १ हजारको नोट बजारमा बिहीबार, असोज ८, २०८३
नागरिक लगानी कोषमा पारदर्शिता र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषमा पारदर्शिता र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता : अर्थमन्त्री वाग्ले बिहीबार, असोज ८, २०८३
आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घट्यो
आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घट्यो मंगलबार, असोज ६, २०८३
जर्मन कम्पनीलाई पासपोर्ट छपाइको ठेक्का दिने निर्णयविरुद्धको मुद्दा खारेज
जर्मन कम्पनीलाई पासपोर्ट छपाइको ठेक्का दिने निर्णयविरुद्धको मुद्दा खारेज मंगलबार, असोज ६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता वीरगंज सिटी
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP