प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप सही नभएको स्पष्ट पारेकी छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकार छाडेर चुनावमा जानु कुनै बेइमानी नभएको बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “त्यसबेला जेन-जी समूहको आग्रहमा उहाँहरुलाई मन्त्री बनाइएको हो । जति दिन बस्नुभयो इमानदार रूपमा काम गर्नुभयो । राजीनामा दिएपछि चुनावमा लड्न वा आफ्नो रुचिको क्षेत्रमा जान पाउनुहुन्छ । अन्तरिम सरकारको मन्त्री छाडेर निर्वाचन लड्न गएकै आधारमा सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी वा कुनै दलको प्रभाव छ भन्ने यथार्थ होइन । हामी कसैको प्रभावमा छैनौँ । म आफैँ पनि कुनै राजनीतिक व्यक्ति होइन, त्यसकारण त्यस्तो टिप्पणीहरुको अर्थ छैन ।”
वर्तमान सरकारले कार्यरत मन्त्री कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिएका छन् ।