नेपाली बजारमा बुधबार पनि सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार, मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ हजार चार सय रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार तोलामा पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार ६ सय रुपैयाँमा पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २६५ रुपैयाँले वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।