नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी गरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भएपछि राष्ट्र बैंकले यो कदम चाल्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार, पछिल्ला तीन वर्षयता सातामा दुई पटक नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्ने क्रम चल्दै आएको छ । गत केही हप्तामा राष्ट्र बैंकले ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । यसरी झिकिएको रकम दीर्घकालीन प्रकृतिको रहेकोले अहिलेको निक्षेप संकलन उपकरण छोटो अवधिका लागि जारी गरिएको हो ।
आजको निक्षेप संकलन उपकरण ६३ दिनको अवधिका लागि २० अर्ब रुपैयाँ झिक्ने व्यवस्था गरिएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनमा भाग लिन इच्छुक बैंकहरूले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
निकल्प संकलन उपकरण खरिद गरिएको रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि रहेको छ । यस बोलकबोलमा न्यूनतम रकम १० करोड र भागमा ५ करोड रुपैयाँका बहुव्याजदर विकल्प राखेर बोलकबोल गर्न सकिने छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारको तरलता व्यवस्थापन गर्ने र वित्तीय प्रणालीको स्थायित्व कायम राख्ने उद्देश्य राखेको छ ।