सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोग ले मतदानमा अधिकतम सहभागिता सुनिश्चित गर्न तीन दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो। आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जनाइएको छ । सरकारको निर्णयसँगै देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू ती तीन दिन बन्द रहनेछन् ।
निर्वाचनमा मतदाताको सहभागिता बढाउने र सहज मतदान वातावरण सुनिश्चित गर्ने उद्देश्यले बिदा घोषणा गरिएको बताइएको छ ।