काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको हो । घटेसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार भने सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले घट्दै आज ५ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ७५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ ।