पर्सा | पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुशील कुमार कानु लाई घडीअर्वा स्पोर्ट्स क्लबले सम्मान गरेको छ । क्लबले आयोजना गरेको विशेष कार्यक्रममा सांसद कानुलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा सांसद कानुले आफ्नो राजनीतिक यात्राको सुरुवात घडीअर्वा स्पोर्ट्स क्लबको साथ र सहयोगबाट भएको स्मरण गर्दै क्लबले युवाहरूलाई एकजुट गर्दै समाजसेवा तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय बनाएको उल्लेख गरे । उनले भने कि आफ्नो राजनीतिक जीवनको प्रारम्भिक चरणमा क्लबले महत्वपूर्ण भूमिका खेलेको छ ।
सांसद कानुले क्लबकै सहयोग र प्रेरणाले पहिलो पटक वडा अध्यक्ष पदमा निर्वाचित हुन सफल भएको र त्यसै यात्रालाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्यसम्म पुग्न सकेको बताए । उनले युवाहरूको सक्रियता, एकता र सामाजिक सहभागिताले समाज र राष्ट्र रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा घडीअर्वा स्पोर्ट्स क्लबका सन्तोष गुप्ता, सन्तोष कानु, मनोहर साह, युवा नेता सुधिर पटेल, लखन गुप्ता लगायत स्थानीय युवा तथा क्लबका पदाधिकारीहरू उपस्थित थिए ।