नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेन्डामा विशेष रूपमा १० समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्या अनुसार प्रतिनिधि सभा सदस्य चयन गरी निर्वाचन आयोगमा पठाउने विषय समावेश गरिएको छ।
बैठकका सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले सबै पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिनुभएको छ।