नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको अन्तिम सूची तयार पारेको छ। आइतबार बसेको पार्टीको कार्यसम्पादन बैठकले २० जना सांसदको नामावली टुंगो लगाएको पार्टी प्रवक्ता देवराज चालिसे ले जानकारी दिएका छन्।
प्रवक्ता चालिसेका अनुसार २० मध्ये १५ जना महिला र ५ जना पुरुष सांसदको नामावली तयार पारिएको छ। महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना र बाँकी अन्य समूहबाट नाम टुंगो लगाइएको छ।
उनले भने, “निर्वाचन आयोगको निर्णयअनुसार नै बन्दसूची तयार पारेका छौं। सम्भवतः त्यसमा फेरबदल हुने छैन।”
समानुपातिक सूची टुंगो लगाएपछि कांग्रेसले छिट्टै अर्को बैठक बसेर आगामी निर्वाचनको समीक्षा गर्ने तयारी गरेको प्रवक्ता चालिसेले बताए।