शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • आइजिपीसँगको संवाद विवादित बन्दै, प्रधानमन्त्री कार्कीको प्रतिक्रिया सार्वजनिक
आइजिपीसँगको संवाद विवादित बन्दै, प्रधानमन्त्री कार्कीको प्रतिक्रिया सार्वजनिक
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, चैत १, २०८२
A1 Beakery Add A1 Beakery Add

प्रधानमन्त्री सुशीला कार्की ले आफू बोलिरहेका बेला एक प्रहरी महानिरीक्षक ( आइजिपी ) ले हप्काएको खुलासा गरेकी छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा उनले नाम उल्लेख नगरी उक्त घटना सार्वजनिक गरेकी हुन् ।

“त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितिमा मुलुकलाई ल्यायौँ नि । एउटा आइजिपीले मलाई बोल्दाबोल्दै हप्काएको थियो। यो सबै संघर्षकै परिणाम हो,” प्रधानमन्त्री कार्कीले भनिन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार रहँदा नेपाल प्रहरी मा दुई जना आइजिपी रहेका थिए । कार्की प्रधानमन्त्री हुँदा चन्द्रकुवेर खापुङ आइजिपी थिए भने उनको कार्यकाल सकिएपछि दानबहादुर कार्की नियुक्त भएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल तर्फ हाल राजु अर्याल आइजिपी रहेका छन् ।

प्रधानमन्त्री कार्कीले आइजिपीले हप्काएको प्रसंग विस्तृत रूपमा खुलाइनन् । तर असोज तेस्रो साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्न जाहेरी परेपछि प्रहरीमाथि तीव्र दबाब बढेको थियो ।

दबाब बढेपछि सुरक्षा निकायका प्रमुखहरू बालुवाटार पुगेर प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतसँग छलफलमा जुटेका थिए । उक्त बैठकमा चर्काचर्की समेत भएको जनाइएको छ ।

त्यस क्रममा बालेन शाह ले पनि ओली र लेखकलाई पक्राउ गर्न प्रधानमन्त्री कार्कीलाई दबाब दिएका थिए ।

‘ओली हार्नुहोला भन्ने सोचेको थिइनँ’

प्रधानमन्त्री कार्कीले पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणाम आफूलाई अप्रत्याशित लागेको बताएकी छन् ।

“पुराना दलले पनि आत्तिनुपर्दैन, नयाँले मात्तिनु पर्दैन। मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँका इष्टमित्र सबै त्यहीँ थिए,” उनले भनिन् ।

उनले चुनावअघि आफूले ओलीसँगको भेटमा मतदाताले अन्तिम समयमा आफ्नै पार्टीलाई मत दिने विश्वास व्यक्त गरेको पनि स्मरण गरिन् ।

“राजनीतिमा कहिलेकाहीँ परिवारकै सदस्यले वर्षभरि आलोचना गर्छन्, तर मतदानका बेला आफ्नै पार्टीलाई मत दिन्छन्,” उनले भनिन् । 

प्रधानमन्त्री कार्कीले निर्वाचनपछि विजयी पक्षले अल्पमतको सम्मान गर्नुपर्ने धारणा राखिन् ।

“निर्वाचनअघि पार्टी फरक हुन्छन्, तर परिणामपछि सबैलाई सम्मान गर्नुपर्छ। सत्तापक्षले गल्ती गरे प्रतिपक्षले विरोध गर्नुपर्छ। राजनीति भनेको सामाजिक सेवा हो,” उनले भनिन् ।

उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी को उदाहरण दिँदै जनमत परिवर्तनशील हुने उल्लेख गरिन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका थिए । ओली झापा–५ बाट निर्वाचन लड्दै आएका थिए ।

बालेनप्रति विश्वास

प्रधानमन्त्री कार्कीले बालेन शाहप्रति आफू विश्वस्त रहेको बताइन् ।

“बालेनप्रति विश्वास छ । केही सकारात्मक परिवर्तन हुन्छ भन्ने आशा पनि छ,” उनले भनिन् ।

उनका अनुसार बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाललाई एकताबद्ध गरेको सन्देश दिएको छ ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिएको थियो। उक्त पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ ।

समानुपातिक सांसदहरूको नामावली निर्वाचन आयोगमा बुझाएपछि सरकार गठन प्रक्रिया अघि बढ्नेछ । रास्वपाले सहमति अनुसार बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनाउने प्रतिबद्धता जनाएको छ ।

‘सिंहदरबारभित्रै सबैभन्दा ठूलो सुधार आवश्यक’

प्रधानमन्त्री कार्कीले राज्य संयन्त्रभित्र सुधार अपरिहार्य रहेको बताइन् ।

“हरेक कामलाई सचिवहरूले फनफनी घुमाउँछन् । स्वार्थका विषयमा अनेक विकल्प ल्याउने, तर देशको हितका विषयमा हुँदैन मात्र भन्ने प्रवृत्ति छ,” उनले भनिन् ।

उनले कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण सरकारी कामकारबाहीमा ठूलो असर परेको उल्लेख गरिन् ।

उनका अनुसार नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

“रोजगारीको अभाव सबैभन्दा ठूलो समस्या हो । भएका अवसरमा पनि नातावाद छ । आर्थिक सुधार गर्दै खुलेआम भ्रष्टाचार रोक्नुपर्छ,” उनले भनिन् ।

प्रधानमन्त्री कार्कीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै ४०–४५ वटा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनले समयमै विकास आयोजना सम्पन्न नहुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै कर्मचारीतन्त्रमा व्यापक सुधार आवश्यक रहेको बताइन् ।

‘अब निजी जीवनमा फर्किन्छु’

प्रधानमन्त्री कार्कीले विषम परिस्थितिमा प्रधानमन्त्री भएर निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताइन् ।

राष्ट्रपति बन्ने चर्चा सम्बन्धी जिज्ञासामा उनले अब कुनै पदप्रति मोह नरहेको स्पष्ट पारिन् ।

“मभन्दा योग्य र अवसर नपाएका धेरै व्यक्ति छन् । सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो, त्यो पूरा भयो,” उनले भनिन् ।

उनले नयाँ सरकारले युवालाई रोजगारी, शिक्षा सुधार र देशभित्रै बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

“विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस् । देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनले भरिपूर्ण हाम्रो देश अत्यन्तै सुन्दर छ,” उनले भनिन् । 

देशमा द्वन्द्व र तनावको अवस्था अन्त्य भई सामाजिक सद्भाव कायम होस् भन्ने आफ्नो चाहना रहेको पनि उनले बताइन् ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:५१
#नेपाल सरकार #केपी शर्मा ओली #एमाले #नेपाल प्रहरी #सशस्त्र प्रहरी #बालेन शाह #सिंहदरबार #रास्वपा #सुशासन #रमेश लेखक #रोजगारी #समसामयिक राजनीति #भ्रष्टाचार नियन्त्रण #सुशीला कार्की #ओमप्रकाश अर्याल #निर्वाचन २०८२ #राष्ट्रिय राजनीति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल, अध्यादेशदेखि आईजीपी प्रकरणसम्म चर्चा
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल, अध्यादेशदेखि आईजीपी प्रकरणसम्म चर्चा बिहीबार, कात्तिक १२, २०८३
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुईजना पक्राउ
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुईजना पक्राउ बिहीबार, कात्तिक १२, २०८३
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति  ?
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति ? बिहीबार, कात्तिक १२, २०८३
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना बिहीबार, कात्तिक १२, २०८३
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित बुधबार, कात्तिक ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP