राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रम मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा आयोजना हुने जनाइएको छ । पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
कार्यक्रमका सहभागी सांसदहरूको लागि पार्टीले ७ बुँदे निर्देशन पनि जारी गरेको छ । सूचनामा प्रमुख बुँदाहरू यस प्रकार छन्:
सहभागी सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् ।
कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको छ ।
परिवारका सदस्य, साथी वा अन्य व्यक्तिलाई होटलमा बोलाउन नपाइने ।
सहभागी सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग फोटो खिच्न वा भेटघाट गर्न पाउने छैनन् ।
रास्वपाले यस कार्यक्रममार्फत सांसदहरूलाई पार्टीको उद्देश्य, नियम र कार्यशैलीसँग परिचित गराउने उद्देश्य राखेको जनाएको छ ।