प्रधानमन्त्री सुशीला कार्की ले आज बिहान पशुपतिनाथ मन्दिर मा दर्शन गर्दै रुद्राभिषेक पूजा गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता व्यक्त गर्दै उक्त पूजा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयद्वारा जारी प्रेस नोटमा प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अगाडि बढाउन सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभएको उल्लेख छ । साथै, उहाँले आगामी दिनमा देश अझै उन्नतिको दिशातर्फ अग्रसर होस् भन्ने कामनासमेत गर्नुभएको जनाइएको छ ।
त्यस्तै, प्रधानमन्त्री कार्कीले देशभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ बन्दै जाओस् भन्ने आह्वानसमेत गर्नुभएको सचिवालयले जनाएको छ ।
पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोष का सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको थियो ।