वीरगंजको ऐतिहासिक एवं धार्मिक धरोहर गहवा माई मन्दिर परिसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको भव्य महाआरती यस वर्ष पनि विशेष उत्साहका साथ सञ्चालन हुने भएको छ ।
मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जन्मोत्सव ‘राम नवमी’ को पावन अवसरमा यही चैत्र १३ गते शुक्रबार साझ ६ बजे मन्दिरको अगाडि क्षेत्रमै भव्य महाआरती आयोजना गरिने निर्णय मन्दिर परिसरको विकास समिति बैठकले गरेको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी महाआरतीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कार्यसमिति सदस्य मुकेश कुमार साहको संयोजकत्वमा विशेष उप-समिति गठन गरिएको छ ।
बैठकमा समितिका अध्यक्ष श्याम कुमार पोखरेल, उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), कोषाध्यक्ष रविशंकर अग्रवाल लगायत सदस्यहरू दिना प्रसाद गुप्ता,सिताराम प्रसाद उपाध्याय, अनुप कुमार अग्रवाल, मनोज प्रसाद रोनियार, श्याम प्रसाद गुप्ता, दिपेन्द्र प्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो । त्यसैगरी बैठकमा डा. पुरुषोत्तम दुबे, बसन्त कुमार गुप्ता, विरेन्द्र प्रसाद गुप्ता, अजय कुमार कर्ण, पियुष कुमार अग्रवाल, चन्द्रगुप्त कुमार साह तेली,बिभा साह, सिमा दुबे, पूजा वर्णवाल, रेणु गुप्ता र अनामिका गुप्ता लगायतकाे उपस्थित रहेकाे थियाे ।
राम नवमीको पावन अवसरमा आयोजना हुने महाआरतीमा सम्पूर्ण वीरगंजवासी तथा श्रद्धालु भक्तजनहरूलाई सहभागी हुन समितिले आग्रह गरेको छ ।