वीरगंज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवकाे ट्रक दुर्घटनाले मृत्यू भएकाे छ ।
मकवानपुरको कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा बुधवार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगंज महानगरपालिका ३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएकाे छ ।