प्रधानमन्त्री सुशीला कार्की ले केही सन्तुष्टि र धेरै आशा बोकेर पदबाट बिदा हुन लागेको बताएकी छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।
‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदै छु,’ प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा भनिन् ।
उनले आफ्नो नेतृत्वको मुख्य उद्देश्य निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको उल्लेख गर्दै, ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर उक्त जिम्मेवारी पूरा गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आफ्नो कार्यकाल केन्द्रित रहेको पनि स्पष्ट पारिन् ।