शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रमा सुरक्षित फेला परेको छ ।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेका अनुसार हेलिकप्टर लाप्चा क्षेत्रमा सुरक्षित अवस्थामा भेटिएको हो ।
उनले भने, “हाम्रो हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको छ । विस्तृत विवरण संकलन गरिरहेका छौं ।”
उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वतर्फ पर्छ। सोही क्षेत्रमा पुगेपछि हेलिकप्टरसँग सम्पर्क विच्छेद भएको थियो ।
‘९एन–एएनओ’ दर्ता नम्बरको हेलिकप्टरमा चार जना यात्रु सवार रहेको जनाइएको छ । हेलिकप्टर सुरक्षित भेटिएसँगै यात्रु तथा चालक दलको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।