केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज पनि देशभर प्रदर्शन थालेका छन् ।
काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । साथै, जनवर्गीय संगठनहरूले देशैभरका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् ।
ओली पक्राउको विरोधमा कार्यकर्ताहरू विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका छन्। एमालेले हिजो ( शनिबार ) देखि नै विरोध कार्यक्रम सुरु गरेको हो । शनिबार पनि माइतीघर – बबरमहल क्षेत्रमा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन घटनासँग जोडेर पक्राउ गरिएको बताइएको छ । उक्त समयमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए भने रमेश लेखक गृहमन्त्री रहेका थिए ।
ओली र लेखक पक्राउ परेपछि एमालेले त्यसको विरोधमा निरन्तर आन्दोलन जारी राखेको छ ।