सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण सरकारको नाममा पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतले गरिएको कामकारबाहीलाई लिएर ओलीमाथि प्रश्न उठेका थिए ।
जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि अनुसन्धान गर्न सिफारिस गरिएको थियो ।
उक्त सिफारिसको आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए ।