स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभरि स्वास्थ्य सेवाको सन्तुलन मिलाउन र दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न पहल सुरु गरेकी छन् ।
उनले पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका १४ जना विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएको अस्पतालमा फर्काएकी हुन् । पहिलो चरणमा १४ जनालाई फर्काइएको र अन्य सबैलाई दरबन्दी भएकै स्थानमा पठाइने बताइएको छ ।
दरबन्दी फरक ठाउँमा भएपनि आफ्नो पहुँच प्रयोग गरेर सुमग र पायक पर्ने अस्पतालमा चिकित्सक बस्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको थियो । दुर्गम जिल्लामा यस कारण चिकित्सकको अभाव भइरहँदै आएकोमा, मन्त्री मेहताले यस प्रवृत्तिको अन्त्य गर्दै नवौँ र दशौँ तहका १४ जना चिकित्सकलाई पहिलो चरणमा फिर्ता पठाइएको उल्लेख छ ।