काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल आजै बिहान पक्राउ परेपछि हाजिरी जमानीमा रिहा हुने भएका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको थियो। रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप लागेको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई समेत कारबाही सिफारिस गरेको थियो ।
तर, जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई जानकारी दिएअनुसार उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।