सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको १२ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा नेपाल–भारतको सीमाबाट नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका वडा नम्बर ५ निवासी विकास कुमार र भारतको रक्सौल निवासी श्यामकुमार महतो रहेका छन् ।
सशस्त्र प्रहरी निरीक्षक विपिन खनालका अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर २५, सिर्सिया स्थित नेपाल–भारत सीमाबाट जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरीले उनीहरूको साथबाट ना ३५ प ६७१६ नम्बरको नेपाली मोटरसाइकल र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद नगद र मोटरसाइकलसहित दुबै जनालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । हुन्डी