सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित चौरमा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार रामनगर–६ सिसौटका विनोद दासकी अन्दाजी १५ वर्षीया छोरी सङ्गीता कुमारी र उनका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन्। दुवै जना आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य सम्पन्न गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुवै किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेकाले घटनाले गम्भीर शंका उत्पन्न गरेको छ । यो आत्महत्या हो वा हत्या भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।