नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरिएको दाबी गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त निर्णय आफ्नो कार्यकालमै गरिएको बताएका हुन् ।
उनले भने, “सम्पत्ति छानबिनको कुरा मेरै पालामा निर्णय गरेको हो । मैले धेरै पटक भनिसकेको छु ।” यसैबीच उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारबारे तत्काल टिप्पणी गर्न उपयुक्त समय नभएको बताए। उनले भने, “हामी हेर्दै छौँ, अहिले नै टिप्पणी गर्ने बेला भएको छैन। सकेसम्म राम्रो गरोस् ।”
यता सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा, केपी शर्मा ओली लगायत शीर्ष नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको जनाइएको छ ।