श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारमा सहभागी मन्त्रीहरूको सम्पत्ति विवरण मात्र होइन, त्यसको वैधानिक स्रोत समेत सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्रोत नखुलेको सम्पत्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रष्टाचारसँग जोडेर हेर्न सकिने बताएका हुन् ।
“सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो,” उनले लेखेका छन्, “स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ।”
आइतबार मात्रै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त विवरण सार्वजनिक गरेको हो ।