समीर पल कपुर आगामी साता नेपाल भ्रमणमा आउने भएका छन् ।
भारतीय मूलका कपुर काठमाडौं मा सोमबार आइपुग्ने तयारी रहेको बताइएको छ । उनको भ्रमण बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले हुन लागेको स्रोतले जनाएको छ ।
काठमाडौं बसाइका क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्नुका साथै सरकारका विभिन्न मन्त्रीहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
गत वर्ष अक्टोबरमा डोनाल्ड ट्रम्प ले दक्षिण एशियाली सुरक्षाविज्ञ कपुरलाई दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि उक्त जिम्मेवारी डोनाल्ड लु ले सम्हाल्दै आएका थिए ।
द काठमाडौं पोस्ट का अनुसार कपुरको भ्रमण तीन दिनको हुनेछ । उनी वाशिङ्टन डीसीबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
यद्यपि भ्रमणको औपचारिक घोषणा भइसकेको छैन भने परराष्ट्र मन्त्रालय ले पनि यसबारे आधिकारिक जानकारी दिएको छैन ।
यदि तय कार्यक्रमअनुसार भ्रमण भयो भने, बालेन नेतृत्वको सरकार बनेपछि नेपाल आउने उनी सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुनेछन् ।