धनुषामा शुक्रवार दिउँसो मिथिला विहारी नगरपालिका-९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका-३ की १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको हो।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार, आज दिउँसो नुहाउन गएका यी दुई बालिकालाई खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेका थिए। दुवै बालिकाको मृत्यु भइसकेको थियो।
दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।