शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #धरौटीमा रिहा
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • सिमरा सेजभित्र ५०० बिघा सरकारी जग्गा अतिक्रमण हटाउन संघीय सरकारको निर्देशन (भिडियो सहित)
सिमरा सेजभित्र ५०० बिघा सरकारी जग्गा अतिक्रमण हटाउन संघीय सरकारको निर्देशन (भिडियो सहित)
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, वैशाख १३, २०८३

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र अतिक्रमणमा परेको करिब ५०० बिघा सरकारी जग्गा खाली गराउन संघीय सरकारले पुनः निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सेज प्राधिकरणले जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्र पठाउँदै तत्काल अतिक्रमण हटाउन उर्दी जारी गरेको हो । प्राधिकरणले वैशाख ९ गते पठाएको पत्रमा वडा नम्बर ४, १४ र १५ अन्तर्गतका विभिन्न ब्लकमा अनुमति बिना घर–टहरा निर्माण गरी बसोबास गर्ने तथा खेतीपाती गरेर सरकारी जग्गा कब्जा गरिएको उल्लेख गरिएको छ । यसअघि पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा समेत अटेर गरिएको भन्दै यसपटक कडाइका साथ कार्यान्वयनमा जान बाध्य भएको प्राधिकरणले जनाएकाे छ ।

पत्रमा अतिक्रमित क्षेत्रमा निर्माण गरिएका घर–टहरा तत्काल हटाउन, लगाइएका बाली उठाउन तथा भविष्यमा कुनै पनि प्रकारको खेती नगर्न सम्बन्धित व्यक्तिहरूलाई सूचना जारी गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । यसका साथै, अटेरी गरेमा कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिएको छ । सिमरा सेज पाँच वटा ब्लक (ए, बी, सी, डी र ई) मा विभाजन गरिएको छ । ‘ए’ ब्लकको केही भागमा मात्र उद्योग सञ्चालन भइरहे पनि बाँकी अधिकांश जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको अवस्था रहेको छ । प्राधिकरणका अनुसार सेजको मूल उद्देश्य औद्योगिक लगानी भित्र्याउने भए पनि जग्गा व्यवस्थापनको समस्या प्रमुख अवरोध बनेको छ ।

यसअघि पनि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयका आधारमा अतिक्रमण हटाउन पटक–पटक निर्देशन दिएको थियो । तर स्थानीय स्तरमा प्रभावकारी कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ रहँदै आएको छ । पछिल्लो निर्देशन पुरानो मन्त्रिपरिषद्को निर्णयलाई पुनः सक्रिय बनाउँदै कार्यान्वयनमा जोड दिएको बताएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यता, सेज क्षेत्रमा उद्योग स्थापनाका लागि पछिल्लो समय चासो बढ्दै गएको छ । सरकारले जग्गाको भाडा दर घटाएपछि स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढेको प्राधिकरणको दाबी छ । तर अतिक्रमणका कारण उद्योगका लागि आवश्यक जग्गा उपलब्ध गराउन नसकिएको गुनासो बढेको छ । अर्कोतर्फ, विगतमा सञ्चालनमा रहेको वीरगञ्ज चिनी मिल बन्द भएपछि विस्थापित भएका करिब ९३ घरधुरी मजदुर परिवार पनि सोही क्षेत्रमा बसोबास गर्दै आएका छन् । उनीहरूको व्यवस्थापन, पुनःस्थापना तथा सामाजिक सुरक्षाको विषयमा स्पष्ट नीति नहुँदा समस्या जटिल बन्दै गएको छ ।

स्थानीय तहले भने अतिक्रमण हटाउने कार्य संवेदनशील भएको भन्दै समन्वय र वैकल्पिक व्यवस्थापन बिना एकतर्फी कदम चाल्न कठिन हुने प्रतिक्रिया दिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका अनुसार “सरकारी निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता रहे पनि मानविय पक्ष र सामाजिक प्रभावलाई पनि ध्यान दिन आवश्यक छ ।” सरकारले औद्योगिक क्षेत्र विस्तारलाई प्राथमिकता दिएको अवस्थामा सिमरा सेजको अतिक्रमण हटाउने विषय अब निर्णायक चरणमा पुगेको छ ।

यदि प्रभावकारी रूपमा कार्यान्वयन भएमा यसले औद्योगिक लगानी वृद्धि, रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
 

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १२:२८
#बारा #जीतपुरसिमरा उपमहानगरपालिका #नेपाल समाचार #जग्गा विवाद #उद्योग मन्त्रालय #चिनी मिल #मजदुर #विशेष आर्थिक क्षेत्र #सिमरा सेज #अतिक्रमण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
धनुषामा पेस्तोल देखाउँदै भिडियो भाइरल भएपछि युवती पक्राउ
धनुषामा पेस्तोल देखाउँदै भिडियो भाइरल भएपछि युवती पक्राउ शुक्रबार, कात्तिक ६, २०८३
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित)
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित) आइतबार, भदौ २८, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न वीरगंज सिटी
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु वीरगंज सिटी
वीरगंज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
वीरगंज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP