तनहुँकाे मर्स्याङ्दी नदीमा खसेर भएकाे बस दुर्घटनामा मृत्यू हुनेकाे संख्या २७ पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भारतीय तीर्थयात्रु बाेकेको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । जिल्ला प्रशासन कार्यालय, तनहुँका अनुसार दुर्घटनास्थलमै १४ जनाको मृत्यु भएको थियो भने उद्धारपछि थप १३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकहरूको पहिचान खुलिनसकेको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले घटनास्थलमा सबै यात्रुहरूलाई उद्धार गरिएको जानकारी दिए । उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका १६ जनालाई हेलिकप्टरमार्फत शिक्षण अस्पताल, काठमाडौँ लगिएको छ । घटनास्थलमै २६ जनाको मृत्यु भएको थियो भने भरतपुर पठाइएका एक जना घाइतेको बाटोमै मृत्यु भएपछि शवलाई पुनः तनहुँ फर्काइएको छ । दुर्घटना शुक्रबार बिहान ११:१५ बजे तनहुँको आँबुखैरनीस्थित ऐनापहरा भन्ने ठाउँमा भएको हो ।
उत्तर प्रदेश, भारतबाट तीर्थयात्राका लागि आएको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो ।