पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा भएको तालाबन्दी करारका कर्मचारीहरूको म्याद थप्ने सहमति भएपछि खुलेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा जनप्रतिनिधिहरूबीच भएको सहमतिपछि तालाबन्दी खोलिएको हो । गाउँपालिका अध्यक्षले केही कर्मचारी हटाएपछि ९ जना स्वास्थ्यकर्मीहरूले १४ दिनदेखि शान्तिपूर्ण धर्ना दिएका थिए । भदौ १९ गते गाउँसभा गरेर म्याद थप्ने सहमतिपछि तालाबन्दी खोलेको वडा नं. ३ का अध्यक्ष संजय पटेलले जानकारी दिएका छन् । पालिकाका ८ जना करारका कर्मचारीलाई हटाएर नयाँ नियुक्ति गर्न खोजिएपछि विवाद भएको थियो ।
अन्ततः सबै पक्षको सहमतिपछि कर्मचारीहरूको म्याद थप्ने निर्णय भएको हो ।
सम्बन्धीत समाचार