सरकारले पठाएका ६ मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ मात्रै जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ वटा अध्यादेश पठाएको थियो तर अहिले एउटा मात्रै जारी भएको छ ।